६ दिन अघि अड्किएको पानी जहाज सारिए पछि सूइज नहरको अवरोध खुल्यो

खबर खुराक

काठमाण्डौ, १६ चैत । एसिया र युरोप बीच सबै भन्दा छोटो जलमार्गमा पर्ने सूइज नहरमा अड्किएको एउटा विशाल पानीजहाजलाई सारिएको छ । गएको मङ्गलवार अड्किएको एभर गिभन नामको जहाजको अघिल्लो भागलाई नहरको किनारातिर तानेर बन्द भएको बाटो खुला गरेको बीबीसीले जनाएको छ ।

इजिप्टको स्वामित्वमा रहेको सूइज नहर एक सय ९३ किलोमिटर लामो छ । जसलाई संसारको एउटा अति व्यस्त व्यापारिक मार्ग मानिन्छ । एभर गिभन पानी जहाजका कारण जलमार्ग बन्द हुँदा सूइज नहरमा संसारकै सबै भन्दा महँगो ट्राफिक जाम भएको बताइएको थियो । सूइज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेको तथ्याङ्कले देखाउँछ ।



​सूइज नहरको बाटोबाट विश्वको १२ प्रतिशत व्यापार हुने गरेको बताइन्छ ।​ एभर गिभनलाई सार्न गएको आइतवार त्यसबाट २० हजार वटा कन्टेनर निकालेको बीबीसीले जनाएको छ । अड्किएको पानी जहाज चार सय मिटर लामो र ५९ मिटर चौडा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: