तनहुँकाे भिमाद नगरपालिकाले शिक्षा मन्त्रालयको विद्यालय बन्द गर्ने सम्बन्धी निर्णय नमान्ने

खबर खुराक

तनहुँ, १६ चैत । सरकारले वायु प्रदूषणका कारण आउँदो चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि तनहुँको भिमाद नगरपालिकाले विद्यालयमा बिदा नदिने भएको छ ।

भिमाद नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले विज्ञप्ति निकालेर नगर क्षेत्रभित्र अहिलेसम्म कुनै वातावरणीय समस्या नदेखिएकाले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने जानकारी गराएको हो ।



भिमाद नगरपालिकामा अहिलेसम्म तुवाँलो वा वायु प्रदूषण नदेखिएको र मौसमविद्हरूले तत्काल समस्या देखिने सम्भावना कम रहेको जानकारी दिएकाले विद्यालय बन्द नगर्ने निर्णय गरेको भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कोरोना महामारीका कारण पढाइमा समस्या ल्याएको छ, यस्तो बेलामा अन्यत्र भएको मौसम खराबीले यहाँ बिदा दिनु उपयुक्त नदेखिएकाले हामीले बिदा नदिने निर्णय गरेका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *