सगरमाथा आरोहणका लागि थप १५ जनालाई अनुमति

खबर खुराक

काठमाण्डौ, १६ चैत । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि थप १५ जनालाई अनुमति दिएको छ । सोमवार ६ जना महिलासहित १५ जना सम्मिलित एउटा समूहलाई आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति दिइएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो ।

यो सहित आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या ३१ पुगेको छ । यस अघि बहराइनका राजदूतसहित १६ जनाले अनुमति लिएका थिए । यस्तै वसन्त ऋतुमा नेपालका हिमाल चढ्नका लागि अनुमति लिनेको सङ्ख्या ८१ पुगेको छ ।



अनुमति लिनेहरूमा २२ जना महिला र ५९ जना पुरुष छन् । अनुमति लिनेहरूमध्ये चार जनाले नुप्त्से, एक जनाले मनास्लु, ४० जनाले अन्नपूर्ण र पाँच जनाले ल्होत्से हिमाल आरोहणका लागि अनुमती लिएका हुन् ।

हिमाल चढ्न अनुमति लिएकाहरूबाट सरकारले अहिले सम्म चार करोड ८४ लाख १६ हजार चार सय ५८ रुपैयाँ रोयल्टी प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *