शंकास्पद रुपमा भेटिएका वडा अध्यक्ष र महिला माथि अभद्र व्यवहारमा अनुसन्धान

खबर खुराक

काठमाण्डौ, १६ चैत । बैतडी स् शंकास्पद रुपमा भेटिएका बैतडीको दोगडाकेदार गाउँपालिका(७ का वडा अध्यक्ष भरत महरा माथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले अनुसन्धान थालेको छ ।

अभद्र व्यवहार गरेको जाहेरी आए पछि प्रहरीले सोमबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर अनुसन्धान शुरु जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।



सोही गाउँपालिका–६ की एक एकल महिलाको घरमा चैत्र १२ गते शंकास्पद रुपमा भेटिएका महरालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । तिनै महिला सँग चैत ५ गते एक होटलमा भेटिएका वडा अध्यक्ष महरालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यो बेला महराकी श्रीमतीले नै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले परिवारको सहमतिमा वडा अध्यक्ष महरालाई रिहा गरेको थियो । त्यसको एक साता नबित्दै उनै महिला सँग महरा फेरी भेटिए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

दुवै जना माथि अभद्र व्यवहारमा जाहेरी दर्ता भएकाले सोही अनुसार प्रहरीले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । पटक(पटक महिला सँग शंकास्पद रुपमा भेटिने वडा अध्यक्षले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने स्थानीयले माग गरिरहेका छन् । महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *