शाहित्यकार तथा पत्रकार ज्ञवालीको आज १७ गते  दिउसो ५  बजे  पशुपती आर्यघाटमा अन्त्येष्टि गरिदै 

meropati

रमा पन्थी

काठमाडौं ,१७ चैत  । शाहित्यकार तथा पत्रकार हिमलाल ज्ञवालीको ०७७।१२ ।१५ गते राती शहीद गंगालाल मुटु अस्पताल काठमाण्डौमा असामहिक निधन भएको हो ।  २००५ साल माघ १ गते रूरू गापा भट्कुवा गुल्मीमा ,आमा मानकुमारी र बुबा प्रेमनारायण को माईला सन्तानको रूपमा ऊहॉंको जन्म भएकाे थीयाे ।



ऊहॉंको योगदान नेपाली भाषा ,साहित्य ,कला संस्कृति , शिक्षा ,पत्रकारिताका क्षेत्रमा रहेर जीवन पर्यन्त अनवरत रहिरह्रयाे।  एक अभियन्ता का रूपमा आफ्नो पहिचान बनाउन सफल ज्ञवाली,  गुल्मी ,रुपन्देही हुदै काठमाण्डौ देखी बर्दिया सम्मका दर्जनौ संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नु भएको छ । स्वास्थ्य छेत्रमा उहाँको योगदान अमर छ र रहन्छ ।

आज  चैत्र १७ गते  दिउसो ५  बजे पशुपती आर्यघाटमा परिवार र सुभचिन्तक, शाहित्यकार तथा पत्रकारको साथमा उहाँको अन्त्येष्टि हुदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: