सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि

खबर खुराक

काठमाण्डौ, २० चैत । सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ । टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहजरुपमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरिएको हो ।

२०७७ चैत १८ गते टाटा मोटर्सको ग्राहक सेवा अन्तर्गत नेपाल तथा भुटानका कन्ट्री म्यानेजर समान्य दास र सिप्रदी ट्रेडिङ​ प्रालि ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले वर्कशपको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा विगत लामो समयदेखि टाटाका गाडीहरु संचालन गर्दै आएका चिरन पराजुलीलाई सम्मान गरिएको थियो ।



साथै टाटाले बीएसआइभी गाडी सम्बन्धी चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो। ३० जना भन्दा बढी ग्राहकहरुले त्यस प्रशिक्षण कार्यक्रमा सहभागी भएका थिए । ग्राहकले सम्पूर्ण टाटा कमर्शियल गाडीको सर्भिस तथा साधारण मर्मतका कार्यहरु सर्भिस सेन्टरबाट प्राप्त गर्न सकिने टाटाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: