२४ घण्टामा १७९ जनामा काेराेना सङ्क्रमण

खबर खुराक

काठमाण्डौ, २० चैत । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ६५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार ६ सय ४० जना पुगेको छ । यस्तै थप एक सय ११ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७२ हजार नौ सय ६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



अहिले नेपालमा १६ सय ४७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार ३१ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *