एएफसी कप : त्रिभुवन आर्मी र श्रीलङ्का पुलिसबीच प्रतिस्पर्धा हुने

खबर खुराक

काठमाण्डौ, २० चैत । एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलीसबीच यही चैत २५ गते प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने खेल नकआउटका आधारमा खेलाइने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख ब्रजेश महर्जनले जानकारी दिनुभयो ।

यस प्रतियोगितामा भाग लिन श्रीलङ्कन टोली चैत २२ र २३ गते काठमाण्डौ आउने भएको छ । यस प्रतियोगिता हेर्नका लागि विशिष्ट श्रेणीका लागि पाँच सय रुपैयाँ साधारणतर्फ तीन सय रुपैयाँ शुल्क कायम गरिएको बताइएको छ । यस प्रतियोगिताको तयारीका लागि आर्मीका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।



प्रतियोगिताका लागि २० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिनुभयो । आर्मी क्लबले श्रीलङ्कका टिमलाई सशक्त प्रतिस्पर्धी टिमकै रूपमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *