आहा रारा गोल्डकप : पहिलो खेलमा सहारा क्लब र एपीएफ खेल्दै

खबर खुराक

काठमाण्डाै, २१ चैत । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् ।

प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने ।



आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनु भयो । प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप(विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: