दाङमा बस दुर्घटना, दुई जनाकाे ज्यान गयाे

खबर खुराक

दाङ, २१ चैत । दाङमा शुक्रवार बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

दाङको तुलसीपुर देखि भालुवाङका लागि छुटेको लु १ ख ९८६३ नम्बरको बास लमही–घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले बताएको छ ।



दुर्घटना २७ यात्रु घाइते भएका छन् । दुर्घटना ज्यान गुमाउनेको पहिचान भइसकेको छैन । घटना स्थलमा प्रहरी पुगेको छ । घाइतेहरूलाई लमही अस्पतालमा ल्याउने क्रम जारी छ । घटनाको थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *