दाङमा बस दुर्घटनामा ज्यान गुमाउने दुई जनाकाे परिचय खुल्याे

खबर खुराक

दाङ, २१ चैत । दाङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका दुई जनासहित घाइते भएकाहरुको परिचय खुलेको छ । ज्यान गुमाउनेमा लमही नगरपालिका–९ पैतेका २९ वर्षीय अतिराम चौधरी र बुटवल सैनामैनाका यादव खनाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिनुभयो ।

दाङको तुलसीपुरदेखि भालुवाङ तर्फ जाँदै गरेको लु १ ख ९८६३ नम्बरको बस बस लमही–घोराही सडकखण्डको मुसोट नजिकै शुक्रवार बेलुका दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका थिए । घाइते भएकामध्ये छ मध्येमा, दुई जना गम्भीर घाइते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुई जनालाई गए राति नै थप उपचारको लागि कोहलपुर शिक्षण अस्पतालमा पठाइएको थियो ।



यस्तै छ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किसकेका छन् । बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दाङमा बस दुर्घटना, दुई जनाकाे ज्यान गयाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *