वार्षिकोत्सवमा जनउत्थानले खुवायो अपाङ्गता भएकालाई एक छाक खाना

meropati

मिलन विश्वकर्मा
पाल्पा २७ चैत । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपाङ्गता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ ।

जनउत्थानले ११औं वार्षिकोत्वसका अवसरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो । साथै फर्निचरसमेत सहयोग प्रदान गरेको छ ।



तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाइ खाना खुवाएको जनउत्थान तानसेन शाखाका प्रबन्धक मदन घिमिरेले बताउनुभयो । संस्थाले सामाजिक सेवाअन्तर्गत खाना खुवाउनुका साथै फर्निचर प्रदान गरेको उहाँले बताउनुभयो। दुइवटा फलामका बेन्च प्रदान गरिएको छ ।

जनउत्थानले विगत वर्षदेखि रक्तदान, वृक्षारोपण लगायतका कार्यक्रम गर्दै आएको छ । यस्तै गरिब तथा विपन्न सदस्यका परिवारलाई शैक्षिक सामग्री वितरण, सीपमूलक तालिम तथा आर्थिकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएका घिमिरेले बताउनुभयो ।

वित्तीय संस्थाले अपाङ्गता भएकालाई खाना खुवाउने र कर्मचारीले उनीहरूसँगै बसेर खाना खाँदा मनोबल बढेको वडाध्यक्ष मुक्तिराम जिसीले बताउनुभयो । स्थानीय सरकारले विभिन्न व्यक्तिसँग समन्वय गरेर यस केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई दैनीक दुइ छाक खानाको व्यवस्था मिलाउने अभियान थालेको उहाँले बताउनुभयो । उनीहरूलाई वडा सरकारले मात्र खुवाउन सक्ने अवस्था नरहेको जिसीले बताउनुभयो। सहयोग गर्न सरोकारवाला निकायसँग अपिल गर्नुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद् सदस्य मिलन विश्वकर्मा, नमुना टोल विकास संस्थाका सचिव नीलकण्ठ देवकोटा, स्थानीय मिना थापा लगायतले अपाङ्गता भएका व्यक्तिलाई राज्यले विशेष खालका कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।

पछिल्लो समयमा यहाँ बस्ने अपाङ्गता भएका व्यक्तिलाई दुइ छाक खान समस्या भएको केन्द्रका अध्यक्ष सन्दिप भट्टराइले बताउनुभयो । ‘दातृ निकायले सुविधा सम्पन्न भवन निर्माण गरेको छ’ उहाँले भन्नुभयो ‘बस्न र सुत्नको लागि समस्या छैन् । तर दुइ छाक खान समस्या भइरहेको छ ।’ ठूला होटलमा रकम खर्च गरेर मनाउने जन्मोत्सव यहीँ आएर मनाइ एक छाक खाना खुवाए पून्य मिल्ने उहाँले बताउनुभयो । अपाङ्ग त्यसैमाथि बेसाहरा बनेका व्यक्तिलाई विभिन्न विद्यालयसँग सहकार्य गरेर केन्द्रले पढाउँदै आएको भट्टराइले बताउनुभयो । आर्थिकोपार्जनका कामसमेत उनीहरूलाई जोडेको सुनाउनुभयो ।

यहाँ अहिले करिब ६० जना अपाङ्गता भएका व्यक्ति बस्दै आएका छन् । यस केन्द्रमा दुवै आँखा नदेख्ने, बोल्न नसक्ने, हात खुट्टा गुमेका, उठेर हिँड्न समेत नसक्ने अवस्थाका अपाङ्गता भएका व्यक्ति बस्दै आएका छन् । साथै उनीहरूका छोराछोरी समेत बस्दै आएका छन् ।
जनउत्थान तानसेनका प्रबन्धक मदन घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा दिलबहादुर रेस्मीले स्वागत र निरूता लोहनीले संचालन गर्नुभएको थियो ।

यसैबीच रिब्दीकोट गाउँपालिका –५ कुसुमखोलास्थित भवानी माध्यमिक विद्यालय अन्तर्गत विशेष कक्षामा रहेका ११ जना अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री वितरण गरिएको छ।

कापी, कलम, पेन्सील लगायतका शैक्षिक सामग्री, भलिवल सेट, व्याडमिन्टन सेट प्रदान गरिएको जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड हार्थोक शाखाका प्रबन्धक गंगा नेपालीले बताउनुभयो ।

विद्यालयका प्रधनाध्यापक रुद्रप्रसाद आचार्यले अपाङ्गता भएका बालबालिकालाई वित्तीय संस्थाले गरेको सहयोग प्रशंसनीय भएको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *