कोरोना संक्रमण पछि मानसिक समस्या देखियाे, यस्ताे समस्यामा तनाव रहित जीवन नै महत्वपुर्ण

meropati

काठमाडौं ,२८ चैत।अध्ययनमा कोरोना संक्रमणपछि निको भएका दुई लाख ३६ हजार मानिस सहभागी थिए, जसमध्ये ३४ प्रतिशतले संक्रमण भएको ६ महिनाभित्र आफूलाई कुनै न कुनै रुपमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको बताएका हुन् । वैज्ञानिकहरुका अनुसार रुघाखोकी लागेकाहरुमा पनि यस्तो समस्या देखिन्छ । तर त्यसको तुलनामा कोरोना संक्रमणबाट मुक्त भएकाहरुमा यस्तो समस्याको जोखिम ४४ प्रतिशत बढी देखिएको छ । साथै संक्रमित हुँदा जति गम्भीर लक्षण देखियो, जोखिम पनि त्यति बढी हुने अध्ययनमा पाइएको थियो ।

कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका एक तिहाइ मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको एक अध्ययनले देखाएको छ । द ल्यानसेट साइक्याट्रिक जर्नलमा बुधबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार कोरोना संक्रमित भएको ६ महिनाभित्र करिब ३४ प्रतिशत मानिसमा मस्तिष्क वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको थियो ।



कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका र केही सामान्य लक्षण देखिएका मानिसहरुमा संक्रमणमुक्त भएपछि समान असरहरु देखिएको शोधकर्ताहरुले बताएका छन् । यद्यपि मस्तिष्क र मानसिक स्वास्थ्यमा परेको असरबारे अझ धेरै अध्ययन आवश्यक रहेको शोधकर्ताहरुको निष्कर्ष छ । अध्ययनमा सहभागीमध्ये अधिकांश अमेरिकी नागरिक थिए र उनीहरुको विवरण कोरोना संक्रमण नभएका मानिसहरुसँग तुलना गरिएको थियो । अध्ययनमा सहभागी अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक पाउल ह्यारिसनले संक्रमणमुक्त भएकाहरुमा देखिएको समस्याको सम्बन्ध ‘लङ कोभिड’सँग पनि भएको हुनसक्ने बताए ।

शान्त वातावरण ,तनाव रहित जीवन र वातावरण, स्वच्छ हावामा  हिडडुल गर्नु जस्ता कार्यले  सामान्य जीवन सहजीकरण सँगै मानसिक स्वास्थ्यमा परेको असरबाट पनि छुटकारा पाउन सकिने विज्ञहरूले सुझाव दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *