स्‍वर्गद्वारी जीप दुर्घटना: मृतकको संख्‍या ५ पुग्‍यो (नामावली)

दुई जनाको घटनास्‍थलमै मृत्‍यु भएको थियो भने ३ जनाको उपचारका क्रममा मृत्‍यु भएको हो

खबर खुराक

बुटवल, १ बैशाख । नयाँ वर्षको छुट्टी मनाउन गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको कर्मचारी सवार जीप दुर्घटनामा मृत्‍यु हनेको संख्‍या ५ पुगेको छ । गुल्मीका कर्मचारीहरू सवार लु १ ज १६५५ नम्बरको जीप प्युठानको रुमाले भन्ने स्थानमा दुर्घटना भएको हो । दुई जनाको घटनास्‍थलमै मृत्‍यु भएको थियो भने ३ जनाको उपचारका क्रममा मृत्‍यु भएको हो ।

दुर्घटनामा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई भिंग्रीस्थित स्वास्थ्य चौकीमा पठाइएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवी प्रसाद गैरेले जानकारी दिए। अन्य केहीको अवस्था पनि गम्भीर रहेको उनले बताए ।



मृतक 
१.श्यामलाल न्यौपाने प्रशासकीय अधिकृत जिल्ला प्रशासन कार्यालय गुल्मी
२.ईश्वरी भण्डारी
३. सुर्य पन्थी
४.यमलाल पन्थी
५.केशव कार्की

 

समाचार ईकागजबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *