आज पनि असिना पानीको सम्भावना

meropati

काठमाडौं ,४ वैशाख  । प्रिमनसुन प्रणाली सक्रिय भएको बेला पश्चिमी वायु समेत प्रवेश गरेकाले शनिबार पनि केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविदले बताएका छन् ।

शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा असिना पानी पर्ने सम्भावना रहेको  छ । पहिले दक्षिण–पूर्वबाट वायु प्रवेश गरेको थियो । त्यसलाई अहिले पश्चिमी वायुको पनि सपोर्ट भएकाले हल्कादेखि मध्यमखालको वर्षा हुन्छ भनि वरिष्ठ मौसमविद निराजन सापकोटाले बताए ।।



Leave a Reply

Your email address will not be published. Required fields are marked *