मदिरा व्यवसायी संघ रुपन्देहीको क्यालेन्डर बिमोचन तथा नयाँबर्षको शुभकामना कार्यक्रम सप्पन्न

meropati

रमा पन्थी

बैशाख ५,काठमाण्डौ ।  रुपन्देही मदिरा व्यवसायिसंघको कार्यालयमा ४ बैशाख  शनिबारका  दिन आयोजित मदिरा व्यवसायी संघ रुपन्देहीको क्यालेन्डर बिमोचन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रम सप्पन्न भएको छ।



मदिरा व्यवसायि संघ रुपन्देहीका महासचिव हिमालय भुसाल द्वारा संचालित उक्त कार्यक्रममा मदिरा व्यवसायि संघ रुपन्देही का अध्यक्ष श्री शम्भु प्रसाद भट्टराईको अध्यक्षता मा अगाडि बढेको थियोे । भने मदिरा व्यवसायि महासङका उपाध्यक्ष श्री खिम बहादुर खत्रीज्युको प्रमुख आतिथ्यता रहेको थियो।

मदिरा व्यवसायि संघ रुपन्देहीका जील्ला सदस्य श्री किशोर पन्थीज्यु को स्वागत मन्तव्य बाट अगाडि बढेको उक्त कार्यक्रमा संघका पुर्ब अध्यक्ष श्री असोक कुमार श्रेष्ठ , बजार प्रतिनिधिसंघ का अध्यक्ष श्री पृतम गिरी लगायत ले मन्तव्य राख्नु भएको थियो ।

क्यालेन्डर प्रकासनको सम्योजकत्वको कार्यभार समालेका श्री किशोर पन्थी ज्युले कार्यक्रम सभ्य र भब्य तरिकाले सम्पन्न भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *