उपत्यकाका तीन जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय

meropati

काठमाडौं ,१४ वैशाख । उपत्यकाका तीन जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारीहरुले एक साताका  लागि अर्थात  वैशाख  १६ गते  देखी २२ गते सम्म जारी गरेको निषेधाज्ञाकाे निर्णय  लम्बिने भएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

‘१४ दिन क्वारेन्टिनको अवधि हुने भएकाले यसअघिको अभ्यासका आधारमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय भएको हो’, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले भने ।  काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता निषेधाज्ञा लम्बिने भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *