सरकारले भन्याे ,संक्रमितलाई बेड दिन सकिँदैन

meropati

काठमाडौं ,१७ वैशाख । काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’



मन्त्रालयको शुक्रबारकै तथ्यांकअनुसार हाल ३६ हजार १३५ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २६७८ जना छन् भने आईसीयूमा ३३१ र भेन्टिलेटरमा ११५ जना छन् । यति संक्रमित हुँदा नै अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर सरकारले हात उठाउनु नालायकीपन भएको र यसले जनतामा त्रास मात्र फैलाउने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *