जनताको सेवामा खटिन कार्यकर्तालाई (एमाले) पाल्पाको अनुरोध

meropati

बैशाख २३, पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाले जनताको सेवामा खटिन आफ्ना कार्यकर्तालाई अनुरोध गरेको छ ।

कोभिड–१९ को महामारीले यतिबेला जनता आक्रान्त भइरहेकाले उनीहरूको सेवामा खटिन भनिएको हो । पार्टी अध्यक्ष नारायणप्रसाद आचार्यले बिहिबार एक विज्ञप्ति प्रकाशित गरी सचेततापूर्वक यस विषम परिस्थितिमा पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यकर्तालाई आम जनताको सेवामा खटिन अनुरोध गर्नुभएको छ ।



यो सबैको साझा समस्या भएकाले सबै एकजुट भएर यसको विरूद्ध लाग्न उहाँले अपिल गर्नुभयो । स्वास्थ्य मापदण्डको पालना गरेर आफू बाँच्न र अरूलाई बचाउन आचार्यले आग्रह गर्नुभयो ।

जिल्लास्थित विभिन्न राजनितिक दल, सरकारी तथा गैरसकारी कार्यालय, सरोकारवाला निकाय, संघीय तथा प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, पाल्पा व्यापार संघ, उद्योग वाणिज्य संघ सुरक्षाकर्मी लगायतको सहभागितामा कोभिड नियन्त्रण, उपचार तथा व्यवस्थापनमा सहयोग गर्न विशेष संयन्त्रण निर्माण भएको छ । विज्ञप्तिमा भनिएको छ, यस संयन्त्रलाई स्थानीय स्तरसम्म प्रभावकारी ढंगले कार्यान्वय तहमा लैजान पार्टीको तर्फबाट अनुरोध गर्दछु । ‘अहिले अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन बाध्य भएका छन्’ उहाँले भन्नुभयो ‘जिल्लामा अक्सिजन प्लान्ट निर्माण तथा अक्सिजन बैंक स्थापना गर्नको लागि सबैले पहल गर्नुपर्छ ।’

निषेधाज्ञाका कारण कतिपय परिवारलाई दुइ छाक खानसमेत समस्या भएको छ । ती परिवारलाई राहतस्वरूप खाद्यन्न सामग्री उपलब्ध गराउन र निम्न आय भएका कोरोना संक्रमित व्यक्तिको उपचारको लागि सहयोग गर्न पालिका स्तरमा जगेडा कोष स्थापना गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो । यसको लागि एमाले पाल्पाले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: