कोरोना कहरः आठ हजार ८५० जनामा कोरोना, थप ५२ जनाको मृत्यु

खबर खुराक

काठमाडौं, २६ बैशाख । पछिल्लो २४ घण्टामा आठ हजार ८५० जना कोरोना संक्रमित थप भएका छन् ।

यो समयमा थप ५२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७ सय ८७ पीसीआर परीक्षणबाट ८ हजार ७७७ र ५०६ एन्टिजेन परीक्षणबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो।

हाल देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ४ हजार २२ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १९८ जना संक्रमित थपिएका छन्। काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: