जनताहरु कोरोना सँग लडिरहेका छन् नेताहरु पद र कुर्चि सँग के यसरि हुन्छ जनताको सुरक्षा ??

खबर खुराक

बबिता थापा (सन्ध्या ) अचम्म लाग्छ मलाई यो देशको राजनीतिको अवस्था देख्दा जब देशमा संकट महामारी फैलिन थाल्छ तब नेताहरूलाई कुर्चि र पदको चिन्ता हुन थाल्छ । आखिर कहिले सम्म गरिब जनता जति बेला पनि कोरोनाबाट मरिरहने धनी नेता सधैँ गरिबलाई पेलिरहने समय बलवान छ र समय फर्केर आउनेछ कोरोनासँग प्रकृति पनि रिसाएको छ उज्यालो हुने बेला पूरा अध्यारो भएको छ जनताहरु कोरोना सँग लडिरहेको बेला नेताहरु पद र कुर्सी सँग लडिरहेका छन् ।

जब जनता नै सुरक्षित छैनन् भने देश केका लागि अहिलेको समय जटिल छ जताततै कोरोनामत्र छ समाचार सुन्दा पनि मुटु भक्कानिन्छ । हो कोरोनासँग डराउनु हुदैन आत्मबल बढाउनु पर्छ तर आत्मबल बढाएर मात्र भएन उपचार विधि पनि हुनु पर्छ । पहिलो चरणको कोरोनात बेसार पानी सेनिटाईजर र माक्सले टर्यो तर दोस्रो चरणको कोरोना सुरुवातबाटै जटिल छ दिनानुदिन सय दुईसयको दरले मान्छेहरू ज्यान गुमाएकाछन् ।



बिडम्बना यहि समय नेताहरु कुर्चिमा बस्ने कसले पद हासिल गर्ने भन्ने आतुरि छ । देश महामारिले ग्रसित भईरहेको बेला जनता बचाउने उपचार सोच्नु त कहाँ हो आफ्नै कुर्चिको लागि आतुरि छन् । कोरोनाबाट दिनहुँ कतिको ज्यान गुमिरहेको यस्तो हार्दिक श्रद्धाञ्जलीको माहोल बढिरहदाँ नेता हार्दिक बधाई लागिरहेछन् हामी जनता पनि कति मुर्ख छौ यता आफ्नो पीडा लुकाएर पनि बधाई दिन छोड्दैनौ । यहि हो हाम्रो मानवता ।

बिरामिहरु बेड र अक्सिजन नपाएर जीवन र मृत्युु सँग लडिरहेका बेला बिरामीलाई बचाउनु पिडितलाई सान्त्वना दिनु त कहाँ हो आफ्नै पदका लागि लडिरहेका छन् ।यो समय एक नेता भएर जनताको जिवन रक्षाको लागि लड्छौ भने बधाई मात्र होइन जयजयकार गर्न पनि जनता पछि हट्दैनन् । एक गाँस खान नपाएर बाटोमा छट्पटेको छ मान्छे मृत्यु सँग छट्पटिदै बेडमा लडिरहेको छ तर यस्तो बिपतको बेला कतै अक्सिजन छैन खालि बेड छैनन् भनेर बिरामीको छेउमा पुग्ने कोहि छैनन् ।

जनताको चिन्तन गर्ने को छ र जनताले चुनेर त्यहाँ सम्म पुगे पछि जनताको सेवा किन नगर्ने कोरोनाको कारण कति आमाको कोख रित्तिए कति बच्चाहरु टुहुरा भए कति चेलिका सिन्दुर पुछिए यी सब समस्याको पीडा भोग्नेलाई थाहा हुन्छ। यी सब समस्याको जिम्मेवार को हुन्छ । विश्वमा कोरोना भनेर देखिएको पनि एक वर्ष पूरा भई सक्यो तर औषधि किन बन्न सकेन के यस विषयमा सरकार जनता प्रति जिम्मेवार नभएको हो ।

यो समय कुर्चि जोगाउनुभन्दा कोरोनाको बारेमा सचेत हुने र औषधि पत्ता लगाई जनताको ज्यान बचाउने काम गर्नु भएको भए हरेक जनताले सम्मान गर्ने थिए ,तर बिडम्बना एकातिर रुवा बासि हुदाँ अर्को तिर खुसियाली छ के यहि बेला हो देशमा नेतागिरि चल्ने र सपथ लिने । जब देशका जनता सुरक्षित छैनन् उनिहरुको मन रोएको छ भने यो देशको राजनीति केको लागि अब राजनीति कदम मात्र होइन जनताको सेवालायक काम हुनु पर्छ ,देशमा हरेक काम देख्नलायक हुनुपर्छ ।

सबै जनता मन जलाएर केही उपलब्धि छैन कतै ग्यास नपाएर कतै अन्न नभएर हरेक समस्या भोगिरहेका छन् यस्ता समस्याको निर्मूल कहिले हुन्छ । देशमा चारै तिर सन्नाहट छाईरहेको छ यो समस्याको हल कहिले हुन्छ जब सम्म जनताको सुरक्षा हुदैन तब सम्म देशको उन्नति हुदैन ।। चाडै कोरोना महामारि बाट बचाउने उपाय खोज्नुहोस् र जनताको ईच्छा रोज्नुह‍ोस् सुरुवात गर कोरोना सुरक्षा बन्द गर राजनीति पहिला बचाउ जनतालाई हुन्छ देशको उन्नति  कोरोनाबाट आफू बचौ र अरुलाई पनि बचाउ ।।

 

बबिता थापा (सन्ध्या ) रिब्दिकोट ०७ बतासे पाल्पा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: