दुई महिना पछि धकेलिएको नयाँ शैक्षिक सत्र तोकिएको मितिमा सुरु हुने/नहुनेमा अलमल

खबर खुराक

काठमाण्डौ २ जेठ । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिना पछि धकेलिएको नयाँ शैक्षिक सत्र त्यहीँ मितिमा पनि हुनु हुनेमा अलमल बढेको छ । गएको वर्ष कोरोना महामारीका कारण चालु शैक्षिक सत्र २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिक सत्र २०७८ सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

तर अब यो मितिमा पनि नयाँ शैक्षिक सत्र सुरु गर्नेरनगर्नेबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गरिरहेको छ ।नेपालमा अहिले सम्म कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार आठ सय ५६ पुगेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नौ हजार सात सय ४० छ ।



कोरोनाको दोस्रो लहरले बालबालिकालाई झन् बढी जोखिम हुने भएकाले निषेधाज्ञा लगाउनुअघि नै शिक्षालयहरूमा भौतिक उपस्थितिको पढाइ बन्द गराइएको छ शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले नयाँ परिस्थिति बारे सरकारले निर्णय गरिनसकेको बताउनु भयो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा असार १ गते देखि नयाँ भर्ना गर्न सम्भव नभएको प्रतिक्रिया दिनु भयो । उहाँले अनलाइन लगायत वैकल्पिक माध्यमको सिकाइका लागि शिक्षक तयार रहे पनि सबै ठाउँका विद्यार्थीसँग पहुँच नभएकाले महामारीको प्रभाव कम हुँदै गएमा आउँदो भदौ देखि शैक्षिक सत्र सुरु गर्न सकिने बताउनु भयो ।

कोरोना सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० र १२ को परीक्षा स्थगित भएका छन् । लकडाउनका कारण गएको वर्ष पनि भदौ महिना सम्म नयाँ भर्ना हुन सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: