नेकपा एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलले आज देखि काम थाल्दै

meropati

काठमाण्डौ ३ जेठ । नेकपा एमाले भित्रको विवाद मिलाउन गठन भएको कार्यदलले आज देखि काम थाल्दैछ । पार्टी भित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो ।

कार्यदलले आज देखि काम थाल्ने ओली पक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका नेता सुवास नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले नेताहरु बीच अनौपचारिक कुराकानी भइरहेको र दिउँसो औपचारिक रुपमै बैठक बस्न सक्ने जानकारी दिनुभयो ।



माधव नेपाल पक्षले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएको छ । ओली पक्षले भने पार्टीमा धेरै घटना क्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नु पर्ने बताउँदै आएको छ ।

पार्टी भित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ । कार्यदलले तीन दिन भित्र विवाद मिलाउने खाका बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: