बादललाई माधव नेपालको जवाफ चुनावमा सहयोग गर्न सकिँदैन

खबर खुराक

एमालेको माधव नेपाल पक्षले बिहीबार हुने बागमती प्रदेशको राष्ट्रियसभाको उपचुनावमा सहयोग गर्न नसक्ने जवाफ दिएका छन्।

माओवादी छाडेर एमाले प्रवेश गरेका बादललाई एमालेको संस्थापन पक्षले सूर्य चिन्हबाट उम्मेद्वार बनाएको छ। उक्त चुनावमा सहयोगका लागि मंगलबार आग्रह गर्न पुगेका गृहमन्त्रीसमेत रहेका बादललाई नेपालले ओलीसँगको एकता प्रक्रिया नटुंगिएसम्म सहयोग गर्न नसकिने जवाफ दिएका हुन्।



नेपाल पक्षसहित कांग्रेस, माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई उम्मेद्वार बनाएको छ।

नेता नेपालका तर्फबाट संक्षिप्त नोट जारी गर्दै मोहन गौतमले आफ्नै पहलमा खाड गरिएका उम्मेल्वार जिताउनु नै आफ्नो दायित्व भएको र त्यही गर्ने जवाफ दिएको बताए।

गौतमले भनेका छन्, ‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो।’

बिहीबार हुने चुनावमा एमालेको नेपाल पक्ष निर्णायक छ।

नेपाल पक्षसँग बागमती प्रदेशसभाका २२ र स्थानीय तहमा ४५ भन्दा बढी पदाधिकारी रहेका छन्। मतदातालाई विवेक प्रयोग गर्न दिने विषयमा भने दुई नेताबीच कुरा मिलेको छ।

‘कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौँ भन्ने प्रस्ताव गर्नुभएको हो। मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ,’ गौतमले भने।

ओलीसँग सहमति भएर बादललाई पूर्ण रुपमा सहयोग गर्ने विषयमा भने कुनै निर्णय नभएको नेपाल पक्षले प्रष्ट पारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: