सांसद नरहेका ७ पूर्व माओवादी मन्त्रीको नियुक्ति बदर हुने सर्वोच्चको आदेश

खबर खुराक

संघीय संसद्को सदस्य नरहेका गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीको नियुक्ति बदर हुने आदेश सर्वोच्च अदालतले गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले सांसद नभएका व्यक्ति पटक-पटक मन्त्री हुन नमिल्ने आदेश गरेका हुन् ।



अधिवक्ता कविलदेव ढकाल र विराज थापाले सांसद नरहेका व्यक्तिको नियुक्ति तत्काल बदरको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश जबराको एकल इजलासले सात मन्त्रीको नियुक्ति बदर गरिदिएको हो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: