कालीगण्डकी गाउँपालिकामा कोरोना संक्रमितको संख्या ३१३ पुग्यो

खबर खुराक

मिलन विश्वकर्मा
पाल्पा, १७ जेठ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा कोभिड–१९ (कोरोना) संक्रमितको संख्या ३ सय १३ पुगेको छ ।

सोमबार दिउँसोसम्मको विवरण अनुसार ३ सय १३ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य शाखा प्रमुख खड्गबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म गाउँपालिकाभरी ६ सय १० जनाको एन्टिजेन र पीसीआर परीक्षण गरिएको छ । यहाँ १ सय ६१ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्य १३ जनाको कालीगण्डकी गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालमा उपचार भइरहेको छ । १ सय ५४ जना होम आइसोलेसनमा बसेको उहाँले बताउनुभयो । १ सय ४६ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म गाउँपालिकाभित्र कोरोनाका कारण ६ जनाको मृत्य भएको थापाले बताउनुभयो ।



गाउँपालीका भित्र कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएकाले सचेत रहन उहाँले अपिल गर्नुभयो । कुनैपनि व्यक्तिको स्वास्थ्य अवस्थामा असहजता भए तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गर्नुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए तत्काल एन्टिजेन वा पीसीआर परीक्षण गर्न थापाले भन्नुभएको छ। । गाउँपालिकाले निशुल्क परीक्षण र उपचारको व्यवस्था मिलाएको छ।

मिर्मीस्थित कालीगण्डकी अस्पतालमा २ जना मेडिकल अधिकृत चिकित्सकसहित स्टाफ नर्स, ल्याव टेक्निसियन फार्मेसी सहायक लगायत पारामेडीकद्धारा १६ शय्याको आइसोलेसन रहेको छ । यहाँ १६ शय्या अक्जिजनयुक्त छन्। यस्तै अस्पतालमा १५ जनरल शय्या छन् । कालीगण्डकी अस्पतालमा २८ वटा अक्सिनयुक्त सिलिण्डर, ४ वटा अक्सिजन कन्सन्टे«टर मेसिन, अत्याधुनिक एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सम्पूर्ण प्याथोलोजी सेवा, फार्मेसी सेवा र एम्बुलेन्स सेवासहित २४ सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध रहेका अस्पतालका सूचना अधिकारी मिनबहादुर थापाले बताउनुभयो ।

जटिल अवस्थाका बाहेक बिरामीको यही उपचार हुने उहाँले बताउनुभयो । कोरोना महामारीबाट आफू बाँच्न र अरुलाई पनि बचाउन थापाले अपिल गर्नुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: