परियार समाजको राहत : कोभिड अस्ताललाई स्वास्थ्य र मजदुरलाई खाद्य सामग्री

खबर खुराक

पाल्पा, २३ जेठ । परियार समाज गुठी तानसेनले जिल्लाको कोभिड–१९ अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

सार्थक नेपाल काठमाण्डौसँगको सहकार्यमा तानसेन नगरपालिकाले सञ्चालन गरेको कोभिड अस्पताल र पाल्पा जिल्ला अस्पतालको कोभिड युनिटका लागि स्वास्थ्य सामग्री प्रदान गरेको गुठीका अध्यक्ष तीर्थप्रसाद गौतमले बताउनुभयो । पिपिइ १५ थान, सेनिटाइजर १५ लिटर, अक्सिमिटर १ थान र माक्स १० प्याकेट प्रदान गरेको हो ।



गौतमले तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाही र पाल्पा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । नागरिक तहबाट प्राप्त भएको स–साना सहयोगले कोरोना महामारी विरुद्धको लडाई लड्न स्थानीय सरकारलाई थप हौसला मिलेको प्रमुख शाहीले बताउनुभयो ।

सबै नागरिक एकजुट भइ लडियो भने छिट्टै यो विपदबाट मुक्ति मिल्ने अध्यक्ष पाण्डेले बताउनुभयो ।

यस्तै यी दुइ संस्थाले तानसेनमा दैनिक मजदुरी गरेर गुजरा गर्ने परिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गरेको छ । ३० घरपरिवारलाई राहत वितरण गरिएको हो । उनीहरूलाई प्रतिपरिवार २५ किलोग्राम चामलसहित, दाल, तेल, चिनी, नुन र ३ वटा नुहाउने साबुन, १ प्याकेट माक्स प्रदान गरेको गौतमले बताउनुभयो ।

सार्थक नेपालका अध्यक्ष शम्भु रणपाल, उपाध्यक्ष सबिता परियार, सचिव विजय बुढाथोकी र कोषाध्यक्ष तुलबहादुर जिसीको पहलमा सहयोग जुटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: