स्वर्गीय प्रतीक्षाको सम्झनामा शोक सभा !

खबर खुराक

पाल्पा, २४ जेठ । रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान निवासी स्वर्गीय प्रतीक्षा अर्याल अधिकारीको सम्झनामा सोमबार शोक सभा सम्पन्न भएको छ ।

नेकपा एमाले पाल्पाको आयोजनामा शोक सभा भएको हो । प्रतीक्षा नेकपा एमाले पाल्पाका सदस्य, युवा संघका लुम्बिनी प्रदेश संयोजक तथा युवा परिषद् पाल्पाका अध्यक्ष तुलबहादुर अधिकारीको धर्मपत्नी हुनुहुन्छ ।



शोक सभामा बोल्दै एमाले पाल्पाका अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य नारायणप्रसाद आचार्यले प्रतीक्षाको अल्पायुमै भएको निधनले सिंगो पार्टी नै स्तब्ध भएको बताउनुभयो । उहाँले समाजप्रति दिएको योगदानको पार्टीले उच्च सम्मान गर्दछ । राजनीतिक तथा सामाजिक काममा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्दै आएकी उहाँको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको आचार्यले बताउनुभयो । शोकमा परेका युवा नेता तुलबहादुर अधिकारीलाई परिवारमा परेको बज्रपातको सामना गर्दै आगामी दिनमा थप सामाजिक र राजनीतिक काममा सक्रिय भएर लाग्ने प्रेरणा मिलोस् भन्दै उहाँले समवेदना प्रकट गर्नुभयो ।

प्रतीक्षाको निधनले सिंगो गाउँपालिका शोकमा डुबेको अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । स्वर्गीय प्रतीक्षाले समाजमा पु¥याएको योगदानलाई गाउँपालिकाले कहिल्यै भुल्न नसक्ने उहाँले बताउनुभयो ।

वडाध्यक्ष दुर्गाप्रसाद खनालले प्रतीक्षाले समुदायमा पु¥याएको योगदानको चर्चा गर्दै बहुगुणी क्षमता भएकी उनको निधनले वडालाई ठूलो क्षति पुगेको बताउनुभयो ।

एमाले रिब्दीकोट गाउँपालिका अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षतामा भएको शोक सभामा जिल्ला सदस्य आशिष दुधराजले संचालन गर्नुभएको थियो ।

परिवारमा परेको शोकका बेला प्रत्यक्ष तथा अप्रत्यक्ष, विभिन्न सामाजिक संजाल र फोनमार्फत सहानुभूति दिनुहुने सबैप्रति तुलबहादुर अधिकारीले धन्यवाद ज्ञापन गर्नुभयो ।

स्वर्गीय प्रतीक्षा एमाले निकट अखिल नेपाल महिला संघ पाल्पा र रुपन्देहीको सदस्य हुनुहुन्थ्यो । साथै उहाँले लायन्स क्लब तथा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर काम गर्दै आउनु भएको थियो । २०४५ सालमा जन्मिएकी प्रतीक्षाको यही जेठ १६ गते ३३ वर्षको उमेरमा निधन भएको थियो ।

अधिकारीका एक ११ वर्षीय छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: