बाढीले बगाउँदा गोरखामा एक पुरुष बेपत्ता

खबर खुराक

गोरखा, १ असार । ठोट्नेरी खोलाले बगाउँदा गोरखामा एक पुरुष बेपत्ता भएका छन् । मंगलबार बिहान आरुघाट गाउँपालिका–२ कटुञ्जे जाने क्रममा बर्दियाका ३८ बर्षीय गोविन्द चौधरीलाई खोलाले बगाएको हो ।

तीन जना साथी सहित ट्रक मर्मत गर्न जाने क्रममा चौधरीलाई बिहान करिब साढे ७ बजे बाढीले बगाएको हो जिल्ला प्रहरी कार्यालय गोरखाका प्रवक्ता डिएसपी प्रकाश दाहालले भने, सूचना पाउन बित्तिकै प्रहरी टोली पुगेर खोजी गरिरहेको छ।



स्थानीय बासी, चौधरीका साथीहरु र प्रहरीको संयुक्त टोलीले खोजी गरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: