अबिरल वर्षाका कारण पहिरो खसे पछि गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प

खबर खुराक

 

ईन्द्र थापा मगर गुल्मी, १ असार ।  सोमबार साझ देखि परेको अबिरल वर्षाका कारण पहिरो खसे पछि गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रवेणी सडक खण्ड ठप्प भएको छ ।



तम्घास-रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गए राति पहिरो खसे पछि सडक बन्द भएको हो । यसै बिच गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टान सहितको ठूलो पहिरो खसे पछि सडक ठप्प भएको छ ।

सडक खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या भएको रेसुङ्गा नगरपालिका-१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । सडक बन्द भए पछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । लगातारकाे वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरो ग्रस्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित ठाउँमा जान भनेको छ ।

वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेको र सडक भत्किएका कारण गुल्मीको ईन्द्रेगौँडा-वामीटम्सार,रुद्रवेणी-पूर्तिघाट लगायत एक दर्जनभन्दा बढी सडकहरु समेत बन्द भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: