स्याङ्जामा जीप दुर्घटना हुदा एकको मृत्यु, छ गम्भिर घाईते

खबर खुराक

ईन्द्र थापा मगर गुल्मी, २ असार । स्याङ्जामा जिप दुर्घटना भएको छ ।  दुर्घटना परी बुधबार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकार दिनु भयो ।  अन्य छ जना गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा भीरकोट नगरपालिका– ३ का ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।
भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप दुर्बुङ ठाटीको कच्ची सडक खण्डमा दुर्घटना भएको थियो ।



७ जना घाईते भएकोमा अधिकारीको भीरकोट नगर अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी अधिकारीले बताउनु भयो ।

दुर्घटनामा भीरकोट नगरपालिका ३ का ३० वर्षीय मनु भन्ने विकास थापा, ४० वर्षीय रेशम परियार, ४६ वर्षीय प्रतिमा परियार, ४८ वर्षीय रुक बहादुर परियार, २८ वर्षीय सोनी श्रेष्ठ र पुतलीबजार नगरपालिका बस्ने २४ वर्षीय दिनेश परिवार गम्भिर घाइते भएका छन् ।

दुर्घटनामा गम्भिर घाइते छ जना कै गण्डकी मेडिकल कलेजमा थप उपचार भैरहेको अधिकारीले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: