मादीमा गुडिरहेको एम्बुलेन्स माथि पहिरो खस्दा बिरामीको मृत्यु

खबर खुराक

ईन्द्र थापा मगर गुल्मी , १७ असार । गण्डकी प्रदेशको कास्की  मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्स माथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ ।

मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोट तर्फ जाँदै गरेको एम्बुलेन्स माथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो ।



एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: