बागलुङको पैञ्युथन्थापमा पीकअप दुर्घटना हुँदा दुईजना घाईते

खबर खुराक

ईन्द्र थापा मगर गुल्मी, १८ असार । बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैञ्युथन्थापमा पीकअप भ्यान दुर्घटना हुँदा दुईजना घाईते भएका छन् ।

पैञ्युथन्थापको सहरातेबाट बागलुङ बजारका लागि हिँडेको भ्यान सडकबाट १० मिटर तल खसेको हो ।



चिप्लो बाटोमा गुडिरहेको लु २ च २७१० नम्बरको पिकअप भ्यान खस्दा सोही ठाउँकी ५२ वर्षी टिका देवी शर्मा र बागलुङ नगरपालिका वडा नं. ११ रायडाँडाका १८ वर्षीय प्रेम थापा घाइते भएको प्रहरी चौकी कुश्मीशेराका हवल्दार नवराज रिमालले बताए ।

घाईते दुवै जनालाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङ ल्याईएको छ । प्रहरीका अनुसार उनीहरुको शरीरमा सामान्य चोट मात्रै छ । भ्यानमा पाँच जना सवार थिए । अरु दुईजनाको अबस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: