स्वर्गीय प्रतीक्षाको ४५औं तिथिमा अपाङ्गता भएकालाई खाद्यन्न सामग्री प्रदान

खबर खुराक

पाल्पा, २९ असार । स्वर्गीय प्रतीक्षा अर्याल अधिकारीको ४५ औं पुण्य तिथिमा अपाङ्गता भएका व्यक्तिलाई खाद्यन्न सामग्री प्रदान गरिएको छ ।

रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान निवासी उनका धर्मपति तुलबहादुर अधिकारीले खाद्यन्न सामग्री प्रदान गर्नुभएको हो । मंगलबार एक कार्यक्रमकाबीच तानसेन नगरपालिका –७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा बस्दै आएका अपाङ्गता भएका व्यक्तिलाई खाद्यन्न सामग्री प्रदान गरिएको छ । लायन्श क्लब अफ पाल्पा रानीमहलको व्यवस्थापनमा सामग्री प्रदान कार्यक्रम आयोजना गरिएको थियो । क्लबका सचिवसमेत रहेका तुलबहादुरले परिवारका तर्फबाट सामग्री प्रदान गर्नुभएको हो । चामल, दाल, तेल, नुन, चाउचाउ, साबुन लगायतका सामग्री प्रदान गरिएको छ ।



साामजिक काममा अग्रसर हुँदै गर्दा अल्पायूमै भएको निधनले अधुरा रहेका प्रतीक्षाका सपना पूरा गर्ने उद्देश्यले सहयोग गरेको तुलबहादुरले बताउनुभयो । अभिभावकबिहिन जो कोही व्यक्तिलाई आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

लायन्श क्लब अफ डिष्ट्रिक चिफ एवम् मिडिया तथा पब्लिकेसन्स मेम्बर कृष्ण कार्कीले परिवार शोकमा परेका बेला गरिएको सहयोग उदाहरणीय कार्य भएको बताउनुभयो । यस्ता कार्यले पुण्य प्राप्ति हुने उहाँले विश्वास गर्नु भयो ।

केन्द्रका प्रमुख सन्दीप भट्टराइले कोरोनाका कारण दैनिक खान समस्या भइरहेका बेला गर्नुभएको सहयोगले ठूलो राहत मिलेको बताउनुभयो ।

क्लबका अध्यक्ष विष्णु कार्कीको सभापतित्वमा भएको कार्यक्रममा रिजन चेयर पर्शन झमनराज मगर, जोन चियर पर्शन नारायण कार्की, डिष्ट्रिक प्रोग्राम मेम्बर कमलराज तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन क्लबका तृतीय उपाध्यक्ष राजेश कुमार भट्टराईले गर्नु भएको थियो ।

स्वर्गीय प्रतीक्षा लायन्श क्लब अफ डाईनामिक लेडी बुटवलको कोषाध्यक्ष हुनुहुन्थ्यो । २०४५ सालमा जन्मिएकी प्रतीक्षाको गत जेठ १६ गते ३३ वर्षको उमेरमा निधन भएको थियो ।

अधिकारीका एक ११ वर्षीय छोरा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: