अर्थ खबर

गुल्मी मानकोटमा रोपियो टिमुर सहित बहुमुल्य जडिबुटी तथा फलफुलका २५०० बिरुवा

छत्रकोट गाउपालिका वडा न् ५ मान्कोट गुल्मीमा गत बर्ष जस्तै यस बर्ष पनि मान्कोट नमुना कृषि बन समुह र डिभिजन वन कार्यलाय गुल्मीको सहकार्यमा बिभिन्न प्रजातिका बहुमुल्य जडिबुटी, रुख तथा फलफुलका २५०० बिरुवा हरु रोपण गरिएका छन।

समुद्र सतह देखी ८००–१००० मिटरमा अबस्थित साबिक खर्ज्याङ गाबिस (हाल छत्रकोट ५) मा उश्ण देखी उपोश्ण (tropical-subtropical) हावापानी पाइने गर्दछ । यही भौगोलिक अबस्थिती, हावापानी र यहाँको माटोको प्रकृति, को अध्ययन गरी बिभिन्न जातका बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएको छ।


advertisement

साथै यस् क्षेत्र सुक्खा क्षेत्र अन्तर्गत पर्ने र सिचाइको अभाब भएको र बिगतका केही बर्षहरुबाट खाधान्न तथा फलफुल बालिमा बाँदरको आक्रमण अत्यन्तै बढ्दै गर्दा नियमित खेती गर्नै र खेती जोगाउन मुस्किल हुँदै गर्दा मानिस हरु खेतियोग्य जमिन बाझै राखी सुरक्षित ठाउमा पलायन हुनुपर्ने अवस्था आएको छ ।

सोही ब्यक्तिगत बाझो जग्गा जमिनको सदुपयोग गर्ने हेतुले गत बर्ष मान्कोट आपपोखरी आसपासमा करीब ५०० टिमुर को बिरुवा रोपिएको थियो तर बिशेष कारणले गर्दा गत बर्षको बिरुवा राम्रा नभएकोले यस् बर्ष १००० बोट टिमुरका बहुबर्षिय बिरुवा हरु उत्साहाका साथ रोपण गरिएको जानकारी उक्त कार्यक्रमका सम्योजक छत्रकोट ५ आम्पोखरी निबासि बिक्रम ज्ञवालिले जनाएका छन।

बिरुवा रोपण, पहुच नहुने हरुलाई बिरुवा बितरण जस्ता कार्यक्रम राज्य पुनरसम्रचना पश्चात स्थापित स्थानिय तह हरुले अत्यन्तै उत्साहजनक र द्रुत गतिमा गर्दै आएको देखिन्छ जुन सर्हानिय पनि छ राज्यको प्रतक्ष्य पहुचमा नभएका प्रत्येक घरधुरीका हातहातमा यो बर्षा याममा बिरुवा पूगेको देखिन्छन, प्रत्येक स्थानिय तहका कार्यालयमा भिड्भाड देखिने गर्द्छ।

डिभिजन बन कार्यलाय गुल्मीले उपलब्ध गराएका टिमुरका बिरुवा

 

बिरुवा रोपण अगाडि बनस्पती बिज्ञहरु, सम्बन्धित बिषय सँग जानकार ब्यक्तिहरुसँग परामर्श राय सुझाब लिने गर्नुपर्दछ. तर नेपालमा यस्तो अभ्यास गरिएको पाइदैन किनभने सबै मान्छे सबै कुरामा बिज्ञ हुँ भन्ने भ्रममा हुन्छन र कसैलाई सोध्यो भने आफु नजन्ने भएको महसूश हुने भएकोले एस्ता कार्यक्रममा प्रमर्शनै नलिएको देखिन्छ।

जस्तो कुनै बिरुवा अलिकती छाया मन पराउने खालका हुन्छन त्यस्ता बिरुवा कुनै अध्ययन बिना नाङो डाडामा लगाउदा त्यस्को प्रतिफल भन्दा पनि समय र पैसाको नोक्सान हुने गर्द्छ, धेरै पहिरो जाने ठाउमा पोथ्रा प्रजाती तथा छिटो हुर्कने बिरुवा जस्तै बास, सल्ला, घास, रोप्नु पर्दछ तर यहाँ हावापानी र भौगोलिक अवस्था अनुसारका बिरुवा छनौटमै हामी चुक्ने गर्दछौ।

कुनै पनि फलफुल तथा रुख प्रजातिका बिरुवाहरु लगाउदा कम्तिमा २×२ फिटको खाडल बिरुवा रोप्नु भन्दा कम्तिमा एक महिना अगाडि तयार गरिसक्नुपर्छ तर हाम्रोमा बर्षायाममा गलेको जमिनमा लट्ठिले कोतरेर, हसियाको चुचोले बिरुवा लगाउने प्रचलन छ। जुन बिरुवा भदौ असोज को गर्मिमा मरिसकेका हुन्छन। बिरुवहाँरु कती रोपिए भन्दा पनि बिगतमा रोपिएका कती बिरुवा हुर्किए र कती बिरुवाले अपेक्षित प्रतिफल दिन आटेका छन भन्ने कुराा महत्वपूर्ण हुन्छ ।

कार्यक्रम अन्तर्गत रोपण गरिएको टिमुरको बिरुवा

बाँदरको अत्यन्त बिगबिगी बढ्दै जादा बिगतका खेतियोग्य जमिनहरु बाझो जमिनमा रुपान्त्रित हुँदै गरेको पारीप्रेक्ष्यमा हावापानी, मौसम, माटोको प्रकृति, बाँदरले आक्रमण नगर्नेे, औषधीेय गुणले भरिपूर्ण, राम्रो बजार भाउ भएको, मान्कोट जस्तो सुक्खा र पाखे जमिनमा टिमुरको ब्यवसायिक खेतीको प्रचुर सम्भाबना देखिएकाले यस्को सुरुवात पोहोर सालबाट गरिएको थियो ।

३÷४ वर्षमै फलदिने टिमुरको बजार भाउ प्रती केजि ८००–१००० पर्दछ र एकबोटले करीब करीब ३–४ केजी फल दिन सक्छ। गत बर्ष देखिनै डिभिजन बन कार्यलाय गुल्मीको सहकार्यमा सन्चालित यस् कार्यक्रमले यस बर्ष पनि निरन्तर्ता पायो। सम्योजक ज्ञवालीका अनुसार गत बर्ष डिभिजन बन कार्यलाय गुल्मीमार्फत प्राप्त बिरुवा अत्यन्तै साना (एक बर्शे) परेकाले राम्रो सँग जाग्न र हुर्किन पाएका थिएनन।

बिरुवा रोपणको लागि खाल्डा तयार गर्दै

यस बर्ष छोटो समयमै मान्कोट नमुना कृषि बन समुह गठन मात्रै भएन जुन कृषि बन समुह एक जिल्ला एक कार्यक्रममा समेत छनौट हुन पुगेको जानकारी डिभिजन बन कार्यलाय गुल्मीका साहयक बन अधिकृत पंकज कुमार ठाकुरले जानकारी गराउनु भएको थियो । टिमुरबाट सुरुवात भएको कार्यक्रम यसपाली बिस्तार भएर कृषि बन  को बृहत योजना अनुसार अगाडी बढ्ने र आउँदा दिनमा यस् कृषि बन समुह मार्फत धेरै कार्यक्रम गर्ने जानकारी डिभिजन बन कार्यलाय गुल्मीले जनाएको छ।

यस कार्यक्रम अन्तर्गत यस्पाली छत्रकोट ५ मान्कोट आसपासमा टिमुर, एभोकाडो, श्रिखन्ड, रुद्राक्ष्य, ड्र्यागन फ्रुट, कागती, आप, लिची, अनार, तेजपात, बेल जस्ता बहुमुल्य २५०० बिरुवाहरु रोपण गरिएको छ। बजारमा महँगो मुल्यमा किन्नुपर्ने बिरुवाहरु आफ्नै घरदैलोमा निशुल्का रुपमा डिभिजन बन कार्यलाय गुल्मीले उपलब्ध गराएको थियो। यस बाट के पुस्टि हुन्छ भने राज्यले कृषिमा अत्यन्तै धेरै लगानी गरेको छ हामी खोजी खोजी उक्त लगानिको फाईदा उठाउनुपर्द्छ। महंगा तथा बहुमुल्य बिरुवहाँरु गाउमा आउँदा बिरुवाको माग अत्यन्तै धेरै भएकोहुनाले सबैजनालाई बिरुवा उपलब्ध गराउन नसकिएको कुरा आत्मबोध माबिका प्रधानअध्यपाक बिष्णु ज्ञवालिले जानकारी गराउनु भयो। उहा थप्नुहुन्छ संगठित भएर सरकारी निकायमा समयमै संपर्क गर्ने हो भने हामी यस्ता कार्यक्रममा पछी अबस्य पर्दैनौ।

डिभिजन बन कार्यलाय गुल्मीबाट प्राप्त २५०० बिरुवहाँरु रोप्ने कार्य स्थानियहरुको उत्साहजनक सहभागिता रह्यो जसमा स्थानिय युबा मोहन घर्ती, रमेश टन्डन, केशब भुसाल, स्थानिय शिक्षकहरु रामहरी पाण्डे, माधव कंडेल लगायतले यस कार्यक्रम अन्तर्गत धेरै बिरुवहरु लगाएको जानकारी मान्कोट नमुना कृषि बन समुहका अध्यक्ष राजेन्द्र ज्ञवलिले जनाउनु भयो। उहाका अनुसार यो कार्यक्रमले आउँदा दिनमा पनि निरन्तरता पाउने र यस वर्ष विरुवा लगाउन नपाएकालाई अर्को साल प्राथमिकता दिइ विरुवा वितरण गरिने र समयमानै माग गर्न समेत अनुरोध गरिएको छ ।

यस्ता कार्यक्रमहरु ब्यक्तीगत तबर, साना साना समुह भन्दा पनि स्थानिय निकाय (गाउपलिका, वडा कार्यलाय, बन कार्यालय मातहतका कार्यालय) हरुले अग्रसरता देखाइ गर्नुपर्द्छ जसबाट सामान्य मान्छे जस्को कुनै पहुच हुँदैन उनिहरु पनि प्रतक्ष्य रुपमा लाभान्बित हुन पाउदछन।

यो क्षेत्र टिमुरको ब्यबसायिक पकेट क्षेत्रमा बिकास गर्न सकिने कुराको योजना, औचित्यता र प्रस्ताब् छत्रकोट ५ वडा कार्यलयमा लिखित तथा मौखिक रुपमा जानकारी गराइएको छ। आशा छ आउँदा दिनमा टिमुरखेती को सार्थकता सम्पूर्ण छत्रकोट गाउपलिकाले नै महसुस गरोस र सबै वडा हरुमा योजनाबद्द तबरले कार्यक्रम हरु अगाडि बढुन, छत्रकोट गाउपालिकालाई टिमुरको पकेट क्षेत्रमा बिकसित भएको हेर्ने रहर भएको यस् कार्यक्रमका सम्योजक बनस्पती शास्त्रका विद्यार्थी तथा प्रशिक्षक समेत रहेका बिक्रम ज्ञवालिले जनाउनुभयो।

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: