मौसममा सुधार , तर वर्षाको सम्भावना कायमै

खबर खुराक

काठमाडौं, १५ भदौ । मंगलबार बिहानदेखि मौसममा सुधार आएको छ । चार दिनको झरी पश्चात मंगलबार बिहानैदेखि सुधार भएको हो । नेपालको तराई भूभागमा केन्द्रित मनसुनको न्यूनचापीय रेखा दक्षिणतिर सरेसँगै नेपालमा मौसममा सुधार आएको हो । यद्यपि, बर्खायाम भएकाले वर्षाको सम्भावना कायमै रहने पनि तत्काल झरीको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो मुलुकका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिमका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।



मंगलबार राति बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  राति प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षा हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: