आज संसद बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो

खबर खुराक

२३ भदौ, काठमान्डौं ।   संघीय संसदको (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक आज बस्ने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे बस्ने गरी दुबै सदनको बैठक आह्वान गरेकी थिइन्।

सरकारले संसदको अधिवेशनमा बजेट विस्थापन गर्न विधेयक ल्याउने सम्भावना छ।



संघीय निजामती सेवा विधेयक, नागरिकता विधेयकलगायत पेश गर्ने र अध्यादेशहरूलगायत पनि कार्यसूचीमा छन्।

साउन ३२ मा सरकारले अधिवेशन अन्त्य गरेको थियो। त्यसबेला सरकारले अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको थियो। अध्यादेशअनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन्।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: