विशेष खुराक

घुस लिन अस्विकार गर्ने ट्राफिक प्रहरिलाई एसएसपिले गरे सम्मान ।

काठमाडौँ, असोज १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार ट्राफिक प्रहरीहरुलाई पुरस्कृत एवं सम्मान गरेको छ।

सम्मानित हुनेहरुमा प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीहरु रहेका छन्। जसमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी हबल्दार उमेश राम, लक्ष्मण यादव तथा जवानहरु किसानचन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल र सन्तोष धमला रहेका छन् ।


advertisement

यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हबल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीन मोक्तान, दधिराम विसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित भएका छन् ।

ट्राफिक कारबाहीको क्रममा आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी बहन गर्नेहरूलाई सम्मान गरिएको महाशाखाले जनाएको छ।सम्मानित हुने सम्पूर्ण ट्राफिक प्रहरीहरुलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंशापत्रसहित खादा ओढाएर सम्मान गरेकाे महाशाखाले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: