Uncategorized

सिन्धुपाल्चोक काङ्ग्रेसले अघि बढायो जोशिला युवा मुकेश सेन्चुरि लाई,क्षेत्रीय प्रतिनिधिमा निर्बिरोध निर्वाचित

सिन्धुपाल्चोक,६ असोज । सिन्धुपाल्चोकमा मङ्गलबार भएको वार्ड अधिबेशनमा नेबिसङ्घ नेता एवम खेलाडी मुकेश सेन्चुरी क्षेत्रीय प्रतिनिधि पदमा निर्बिरोध निर्वाचित भएका छन ।जिल्लाको सुनकोशी नगरपालिका ओडा नम्बर ७ बाट निर्वाचित भएका उनी नेपाल ल क्याम्पस काठमाडौमा कानुन अध्ययन गरिरहेका छन भने सो क्याम्पसका दलित बिध्यार्थी संघका अध्यक्ष समेत हुन !! विभिन्न क्षेत्रमा सक्रीय जोशिला युवा लाई जिम्मेवारी दियर अघि बढायपछी त्यहाको काङ्ग्रेस इकाइ र नेताहरुको प्रसम्शा समेत गरिएको छ । युवा नेता सेन्चुरी सिन्धुपाल्चोकका हरेक महत्त्वपूर्ण बिकास निर्माणका गतिविधि र पार्टिका कार्यक्रम,अभियानमा निरन्तर सक्रीय रहेको सुनकोशी क्षेत्रका काङ्ग्रेसका एक पुराना नेताले बताय ! त्यस बाहेका नेता मुकेश सेन्चुरी नेपाली काङ्ग्रेसको खेलकुद तर्फको बिषय बिज्ञ,क्योकोसिन करातेका रास्ट्रीय खेलाडी,हाम्किडो संघ सिन्धुपाल्चोकका उपाध्यक्ष लगाएतका जिम्मेवारीमा पनि छन ।क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछी उनले पार्टीको हित र जिल्लाको बिकासमा क्रीयशिल बन्न थप प्रेरणा प्राप्त भएको बताय । आगामी दिनमा आफ्नो वडा,नगर र जिल्लाको शैक्षिक,भौतिक,कृषि,पर्यटन,सडक ,बिधुत लगाएतको क्षेत्रमा बिकासका लागि आफु निरन्तर लागिरहने पनि उनले हामी सङ्गको कुराकानिमा उल्लेख गरे !

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: