विशेष खुराक

चैनपुरका प्रहरी प्रमुख खतिवडा बने भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी

प्रहरी निरीक्षक योगराज खतिवडा र प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्कालाई प्रदेश १ प्रहरी कार्यालयले भदौ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो।

खतिवडा ईलाका प्रहरी कार्यालय चैनपुरमा कार्यरत छन् भने खड्का १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन्।


advertisement

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी एकै परिवारका ६ जनाको विभत्स ढङ्गले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरूलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याएको भन्दै सर्वोत्कृष्ट प्रहरी अधिकृतको रुपमा घोषणा गरिएको हो ।

व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरू मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आएको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिन्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेशअन्तर्गत रहेका इलाका प्रहरी कार्यालयमा राखिँदै आएको छ

Leave a Reply

Your email address will not be published.

स्वास्थ्य
%d bloggers like this: