राजनीति

एकीकृत समाजवादीले पदाधिकारी टुंग्यायो, रामकुमारी सचिव ।

काठमाडौं, ७ असोज । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । एकीकृत समाजवादीले चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव चयन गरेको हो ।

उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन भएका छन् । महासचिबमा भने बेदुराम भुसाल चयन भएका छन् ।


advertisement

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन भएका छन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट अनुमोदन गरिँदैछ ।

स्वास्थ्य
%d bloggers like this: