राजनीति

पर्वतको प्रदेश ‘ख’ क्षेत्रीय सभापतिमा न्यौपानेको उमेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा स्थानिय तहदेखि केन्द्रसम्म नै यसको सरगर्मी बढेको छ । यति बेला पर्वत जिल्लामा पनि कांग्रेसको महाधिवेशन लाई लिएर निकै चर्चा परिचर्चा हुन थालेको छ। जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा पनि अधिवेशन को माहोल तात्न थालेको छ ।
कांग्रेसको गढ मानिने जिल्लाको प्रदेश सभा क्षेत्र ‘ख’ मा यतिबेला अधिवेशनको मिति नजिकिदै गर्दा क्षेत्रिय सभापतिको पदमा बिहादिका कांग्रेसका त्यागी नेता तथा लामो समय कांग्रेसमा रहेर राजनीति गरेका हरी न्यौपाने को उमेद्वारी शशक्त रूपमा अगाडि देखिएको छ । कांग्रेस को राष्ट्रिय महाधिवेशन पटक पटक सर्दै अाएतापनि जिल्ला तहको भने हुने निश्चित देखिएको छ । पटकपटक महाधिवेशन प्रतिनिधि रहदै अाएका न्यौपानेले यसअघि १३ महाधिवेशनमा पनि क्षेत्रीय सभापति मा उमेदवारि दिएका थिए।

को हुन न्यौपाने?
विक्रम संवत २०४६ शालको जनआन्दोलनमा न्यौपानेको उमेर जम्मा १४ वर्ष रहेको थियो । त्यति बेला कालो झण्डा समाएर जन आन्दोलनमा होमिएका न्यौपाने २०५३ सालमा नेपाल विद्यार्थी संघ पर्वत क्षेत्र नम्बर २ को क्षेत्रिय सभापति भएका थिए । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको जिल्ला सचिव र उपाध्यक्ष समेत भएका न्यौपाने नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तत्कालीन पार्टी सभापति शुशिल कोइराला बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि मनोनित भएका थिए ।
निरन्तर नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका न्यौपानेको पर्वतको दक्षिणी क्षेत्रको सामाजिक विकासमा महत्वुर्ण योगदान समेत रहेको छ । नेपालतारा माध्यमिक विद्यालयमा प्राविधिक शिक्षाको सुरुवात, लोकतन्त्र प्राथमिक विद्यालयको स्थापना,समाज सुधार सामुदायिक सिकाइ केन्द्र को स्थापना र समाजसुधार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना जस्ता महत्वुर्ण कार्यहरू न्यौपानेको नेतृत्व तथा पहलमा भएका छन् । सदरमुकाम देखि सुदुर दक्षिणमा रहेको बिहादि गाउँपालिकालाई सञ्चारसंग जोड्नेर सामुदायिक रेडियो मार्फत गाउँ गाउँ का हरेक कुरालाई उजागर गर्ने काम उनै न्यौपाने को पहलमा सम्भव भएको छ।


advertisement

पर्बत जिल्लाको दक्षिणी भेगमा सञ्चार को रिक्तताको अवस्थालाई मध्यनजर राख्दै सामुदायिक रेडियो सत्यबाणीको स्थापना गरी आम नागरिकलाई सूचनाको पहुँचमा ल्याउन न्यौपानेको महत्वपूर्ण योगदान रहेको छ । न्यौपाने पर्वत जिल्लाको सदरमुकाम कुश्मा मा संचालित रेडियो शालिग्रामका संस्थापक अध्यक्ष समेत रहिसकेका छन ।


गाउँमा विकास निर्माण का काममा कहिल्यै राजनिती प्रेरित अडान नलिने न्यौपानेले स्थानिय नागरिक तथा युवाहरुको समस्या समाधान का लागि न्यौपानेले हरेक समयमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् । १३ अौँ महाधिवेशनमा पनि क्षेत्र नम्बर दुईको क्षेत्रीय सभापति खुला उमेदवारि दिएका न्यौपाने त्यतिबेला पराजित हुन पुगेका थिए भने यसपालि १४ अौँ महाधिवेशनमा पनि पर्बत जिल्ला प्रदेश सभा ‘ ख ‘ क्षेत्रको क्षेत्रीय सभापति मा उमेद्वारी दिएका छन । न्यौपानेले आँफु कुनै एउटा गुटको मात्र उमेद्वार नभएर,सच्चा कांग्रेसहरुको उमेद्वार भएकाले आफूलाई मतदान गरी विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । समग्रमा सच्चा काँग्रेसि युवा वर्गको प्रतिनिधित्व गर्दै अाफुले उमेदवारि दिएको बताउने न्यौपानेले देश , जनता र विकास अनि समृद्धि को पक्षमा मतदान गर्न अाग्रह गरेका छन।



 

स्वास्थ्य
%d bloggers like this: