मुख्य समाचार

पाल्पाका ३५ वर्षीय भट्टराई मृत फेला

पाल्पा, ८ असोज ।  पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको बग्नासकाली गाउँपालिका–७ खानीगाउँ झाँक्रीस्थान टोलका अन्दाजी ३५ वर्षीय दिपक भट्टराई मृत फेला परेका हुन् ।

भट्टराई आफ्नै घरबाट अन्दाजी ५ सय मिटर गोरेटो बाटोमा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए  ।


advertisement

स्वास्थ्य
%d bloggers like this: