राजनीति

अनेमसंघ (क्रान्तिकारी)द्दारा गुरूङको नेतृत्वमा गण्डकी सम्मेलन आयोजक कमिटी घोषणा

माअोवादि केन्द्र निकट अनेमसंघ( क्रान्तिकारी ) को गण्डकी भेला तथा प्रशिक्षण कार्यक्रम   सम्पन्न भएको छ। साथै उक्त भेलाले  पोखरामा एक कार्यक्रमका बिच अनेमसंघ (क्रान्तिकारी ) को १६१ सदस्यीय प्रथम प्रदेश सम्मेलन अायोजक कमिटी घोषणा गरेको हो। उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा माअोवादि केन्द्र का गण्डकी प्रदेश ईन्चार्ज हितराज पाण्डेले प्रतिगमनका बिरूद्द अनेमसंघले खेलेको भुमिका को प्रशंसा गर्नुभयो। संविधान को रक्षा र व्यवस्थाप्रति अाउने वितृष्णा सोचलाई परास्त गर्न महिलाहरूको भुमिका अतुलनीय रहेको जिकिर गर्नुभयो। त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा अनेमसंघ (क्रान्तिकारी) कि केन्द्रीय अध्यक्ष अमृता थापा मगरले अनेमसंघले महिलाहरूको हक , अधिकार प्राप्ति तथा देशको संविधान , न्याय , कानुनको कार्यान्वयन मा अझै भुमिका खेल्नुपर्ने मा जोड दिनुभयो । देशभरिका ७५३ वटै स्थानीय तहमा महिला हिंसा का बिरूद्द बिज अभियान सुरूवातको गरेको जानकारी गराउदै थापाले अब देशव्यापी रूपमा संगठन विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रम को अध्यक्षता अनेमसंघ गण्डकी संयोजक गायत्री गुरूङले गर्नुभएको थियो, भने गुरूङको नेतृत्वमा १६१ सदस्य प्रदेश सम्मेलन अायोजक कमिटी पनि गठन गरिएको छ।

स्वास्थ्य
%d bloggers like this: