विशेष खुराक

धुर्कोट गाउँपालिकाको प्रशासकीय भवनको शिलन्यास सम्पन्न

गुल्मी, ११ असोज ।  गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा नयाँ  प्रशासकिय भवनको अाज एक कार्यक्रमका बिच शिलान्यास सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष भुपाल पोखरेलको अध्यक्ष्ातामा भएको कार्यक्रममा प्रशासकीय भवन निर्माण शिलान्यास गरिएको हो। करिब ३ तिन तलाको प्रशासकिय भवन का लागि साढे सात करोड मा ठेक्का दिईएको छ। स्थानीय ले जग्गा दान दिएपछि अत्याधुनिक प्रशासकिय भवन निर्माणको प्रक्रिया अगाडि बढेको हो। गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थि, गाउँपालिकाका वार्डका जनप्रतिनिधि तथा स्थानीय बासिन्दा को बाक्लो उपस्थिति का बिच शिलान्यास कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सहभागीहरूले भुपाल पोखरेल गाउपालिका अध्यक्षमा निर्वाचित भएर अाएयता धेरै राम्रा र विकास निर्माणका काम र पहल भएको भन्दै गाउपालिका अध्यक्ष पोखरेलको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

स्वास्थ्य
%d bloggers like this: