राजनीति

माओवादी केन्द्रले टुङ्ग्यायो मन्त्री बन्नेको नाम

काठमाडौं, २० असोज । नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र  पौडेल, शशि श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री बनाउने निर्णय गरेको हो ।


advertisement

स्थायी कमिटी सदस्य गणेश शाहकाअनुसार बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । मन्त्रालयको विषयमा भने टुङ्गो लगाउन बाँकी रहेको उनले बताए ।

माओवादीको तर्फबाट यस अघि नै नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।

स्वास्थ्य
%d bloggers like this: