राजनीति

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन्।

मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।


advertisement

गैरसांसद नेता हमाल मन्त्री भएपछि आलोचना भएको थियो। सत्तारूढ नेपाली काँग्रेससहित सत्ता गठबन्धनभित्र पनि यसबारेमा आलोचना भइरहेको थियो। हमाल मन्त्री नियुक्ति भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा पनि विवादमा तानिएका थिए। हमाल प्रधानन्यायाधीश चोलेन्द्रका जेठान पनि हुन्।

चौतर्फी आलोचना भएपछि नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका हमालले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका थिए। उनले आफूमाथि सञ्चार माध्यमहरूमा आइरहेका आलोचनाले गर्दा मन्त्री परित्याग गरेको बताएका थिए। हमालले आफूलाई विवादमा राख्न नचाहेको राजीनामा दिएको बताएका थिए ।

स्वास्थ्य
%d bloggers like this: