मौसम

बझाङ पहिरो पिडितको बेहाल, बेपत्ताको खोजि कार्य जारि

 बझाङ ,कात्तिक ४ । केही दिनयताको तीव्र वर्षासँगै आएको बाढी–पहिरोमा परी बझाङमा हालसम्म नौ जनाले ज्यान गुमाएका छन् । २१ जना अझै बेपत्ता छन् ।

मंगलबार बिहान थलारा गाउँपालिका–४ डिक्लामा गएको पहिरोमा परी गगने सार्कीको एकै घरका १८ जना र नरे पार्कीको परिवारका पाँच जना बेपत्ता थिए । तीमध्ये दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।


advertisement

अहिले बझाङको मौसम सुधार हुँदै गएकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा बेपत्ताको खोजीमा जुटेका छन् । ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका १ सय ४८ घरपरिवार विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका बासिन्दा त्रिभुवन मावि महेन्द्रधारमा आश्रय लिइरहेका छन् ।

स्वास्थ्य
%d bloggers like this: