मुख्य समाचार

मातृभूमि पुस्तकालयद्वारा राहत बितरण

मिलन विश्वकर्मा
पाल्पा, ९ कात्तिक । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित मातृभूमि सामुदायिक पुस्तकालयले राहत वितरण गरेको छ ।

कोभिड रेस्पोन्स कार्यक्रम अन्तर्गत शान्ति भोलिएन्टर एसोसिएसन, एसभीए जापान र रिड नेपालको सहयोगमा कालीगण्डकी गाउँपालिकाका ३३५ जना नागरिकलाई राहत सामग्री वितरण गरेको हो ।


advertisement

पुस्तकालयले दैनिक ज्यालादारी विपन्न परिवारलाई चामल, दाल, सनफ्लावर तेलका साथमा मास्क तथा सेनिटाईजरको प्याकेज सहितको राहत सामग्रीका साथै स्थानीय कोभिड प्रभावित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा जेष्ठ नागरिकलाई हर्लिक्स, अण्डा, चनाका साथमा मास्क तथा सेनिटाईजर वितरण गरेको हो ।

गाउँपालिकाका ७ वटै वडामा पुस्तकालयका पदाधिकारी तथा कर्मचारीहरुले ३ दिन लगाएर राहत वितरण गरिएको पुस्तकालयका अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेयले बताउनुयो। ‘कोभिड १९ को महामारीले समाजमा पारेको असरप्रति पुस्तकालयले पनि आफ्नो दायित्व सम्झेर थोरधेर सहयोग पुगोस् भनि यो कार्यक्रम आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो ‘दाताको सहयोग लक्षित वर्गमा सहि रुपमा पुगोस् भनि वडागत रूपमा तथ्यांक संकलन गरि वडा कार्यालयमै राहत वितरण कार्यक्रम गर्दा प्रभावकारी हुने भएकोले यस्तो व्यवस्था गरेका हौँ ।’

शैक्षिक तथा सामाजिक कार्यमा अग्रणी भूमिका निर्वाह गरिरहेको मातृभूमि पुस्तकालयले आगामी दिनमा पनि यस्तै गतिविधिहरू सञ्चालन गर्नेमा वडाध्यक्षहरुले विश्वाश व्यक्त गरेका थिए ।

स्वास्थ्य
%d bloggers like this: