राजनीति

एमाले महाधिवेशनको तयारि तिव्र , होटल व्यवसायीले ल्याय अफर

२९ कात्तिक, चितवन । सौराहाका व्यवसायीहरुले नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् ।

नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । यससँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले नेताहरु दिनहुँजसो सौराहा आउने र जानकारी लिने गर्न थालेका छन् भने व्यवसायीहरु पनि आ–आफ्नो तयारीमा व्यस्त छन् ।


advertisement

 

स्वास्थ्य
%d bloggers like this: